त्रिशूली (नुवाकोट) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नं १ बाट नवनिर्वाचित सभासद् अर्जुननरसिंह केसीले संविधान निर्माणका लागि सबै दलको संयुक्त सरकार बन्नुपर्ने बताएका छन् ।
सदरमुकाम विदुरमा आइतवार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता केसीले अहिलेको मुख्य काम भनेको नयाँ संविधान निर्माण भएकाले सबै दल मिलेर अघि बढ्नुको विकल्प नभएको धारणा राखे । “आआफ्नो दलको हैसियत र प्रतिनिधित्वअनुसार मिलाएर सबै दल सरकारमा सहभागी हुनुपर्छ”–नेता केसीले भने–“संविधान निर्माणको अन्तिम टुङ्गो नलागेसम्म फेरि पनि सहयात्राको गतिलाई अघि बढाउनुपर्छ ।” शान्तिप्रक्रियाको अन्तिम टुङ्गो संविधान निर्माण नै भएकाले सबै दल जुटेर संविधान बनाउनुको विकल्प नभएको उनले बताए । (सौस)
प्रतिक्रिया