काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १० मा कांग्रेस उम्मेदवार राजन केसीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भारी मतले पराजित गरेका छन् । कांग्रेसका केसी २० हजार ३ सय ९२ मतका साथ विजयी हुँदा एमाओवादी अध्यक्ष दाहाल भने तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएका छन् ।
अघिल्लो चुनावमा १० हजारभन्दा बढी मतले जितेको उक्त क्षेत्रमा दाहाल यसपटक भने १२ हजार ८ सय ५९ मतका साथ तेस्रो स्थानमा सीमित भएका छन् । अघिल्लो चुनावमा दाहालले २३ हजार मत आउँदा केसीले १२ हजार भोटमा चित्त बुझाउनुपरेको थियो । एमालेका सुरेन्द्र मानन्धर १३ हजार ६ सय १९ मत लिएर दोस्रो स्थानमा आए । यसअघि दाहाल २३ हजार २ सय ७७ मतका साथ निर्वाचित भएका थिए । केसीले १० हजारभन्दा बढी मतले हार बेहोरेका थिए ।
मकवानपुर २ मा एमाओवादी नेता नारायणकाजी श्रेष्ठलाई एमालेका सुवास ठकुरीले पराजीत गरेका छन् । (सौस)
प्रतिक्रिया