काठमाडौं, ६ मंसिर । दोस्रो संविधानसभा गठनका लागि भएको चुनावको बुधबारदेखि ४४ जिल्लाका १ सय ४९ क्षेत्रको मतगणना भइरहेको छ । बुधबार मध्यरातसम्मको प्रारम्भिक परिणामअनुसार कांग्रेस सबैभन्दा अगाडि, त्यसपछि एमाले अनि मात्रै एमाओवादी आएको छ । कांग्रेसले ४६ स्थानमा, एमालेले ४० र एमाओवादीले १३ स्थानमा अग्रता लिएका छन् । राप्रपा नेपाल, मधेशी जनअधिकार फोरम–३/३, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक ६, राप्रपालगायत दलले केही क्षेत्रमा अग्रता लिएका छन् ।
निर्वाचन आयोगका अनुसार इलाम, झापा, धनकुटा, मोरङ, सुनसरी, रसुवा, नुवाकोट, काठमाडौं, ललितपुर, मकवानपुर, पर्सा, चितवन जिल्लाका सबै क्षेत्रमा मतगणना जारी छ । त्यसैगरी गोरखा, कास्की, तनहुँ, पाल्पा, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, पर्वत, प्युठान, दाङ, बाँके, बर्दिया, डडेलधुरा र कञ्चनपुरलगायत जिल्लाका पनि सबै क्षेत्रमा मतगणना भइरहेको छ । त्यसैगरी, आयोगले पाँचथर क्षेत्र नं. २, उदयपुर १, सप्तरी २ र ३, सिरहा २, ३ र ६, सिन्धुली २ र ३, महोत्तरी ४ र ५, धादिङ २ र ३, भक्तपुर २, रौतहट १,२,४ र ६, लमजुङ १, गुल्मी ३, नवलपरासी २, ३, ४ र ५, सुर्खेत २, बझाङ २ तथा डोटीेको क्षेत्र नंं. १ मा मतगणना जारी रहेको जनाएको छ । धनुषाका ७ वटा क्षेत्रमध्ये क्षेत्र नम्बर ५ बाहेक अन्यको मतगणना जारी रहेको पनि आयोगले जानकारी दिएको छ । यस्तै, सर्लाहीका ६ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. ६ बाहेक बाँकी सबै क्षेत्र र कैलालीका ६ क्षेत्रमध्ये क्षेत्र नम्बर २ बाहेक सबैमा मत गणना जारी छ ।
कांग्रेस सभापति सुशील कोइराला बाँके–३ मा अगाडि छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौं–२ मा अग्रता लिएका छन् भने काठमाडौं–१० मा कांग्रेसका राजन केसीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई १७ सयभन्दा बढी मतले पछि पारेका छन् । काठमाडौं ४ मा कांग्रेसका गगनकुमार थापा, काठमाडौं ९ बाट एमालेका कृष्णगोपाल श्रेष्ठ अगाडि छन् भने मतगणना पनि स्थगन भएको छ । काठमाडौं–५ मा एमालेका ईश्वर पोखरेल, काठमाडौं–३ मा एमालेका रामेश्वर फुँयाल, काठमाडौं–७ मा एमालेकै रामवीर मानन्धरले अग्रता लिएका छन् । कांग्रेसका रामचन्ऽ पौडेलले तनहुँ–२ मा, कांग्रेसकै आमोदप्रसाद उपाध्यायले मोरङ–१ बाट र कृष्णप्रसाद सिटौलाले झापा–३ मा अग्रता लिएका छन् । त्यसैगरी, रसुवाबाट एमाओवादीका प्रेम तामाङ अगाडि छन् भने मधेसी जनअधिकार फोरम नेपालले रौतहट–२ र मोरङ–४ बाट अग्रता लिएको छ । फोरम लोकतान्त्रिकले ६ स्थानमा र संघीय सद्भावना पार्टी, फोरम लोकतान्त्रिक, तमलोपाले एक/एक स्थानमा अग्रता लिएका छन् । मोरङमा कांग्रेसले १, ३ र ७ मा, एमाले २, ८ र ९ मा, माओवादीले ४ मा, फोरम नेपाल ५ र फोरम लोकतान्त्रिकले ६ नम्बरमा अग्रता लिएका छन् । पाँचथर क्षेत्र नं. १ मा कांग्रेस उम्मेदवार नरेन्ऽ केरुङ, २ मा कांग्रेसकै भीष्मराज आङदेम्बे अगाडि छन् ।
उच्च हिमाली र अति दुर्गम क्षेत्रमा भौगोलिक विकटताका कारण मतपेटिका संकलनमा कठिनाइ र ढिला हुने भएकाले हेलिकोप्टर प्रयोग गरिएको आयोगले जानकारी दिएको छ । हेलिकोप्टरबाट मतपेटिका ढुवानी गर्न बाँकी जिल्लामा हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, ताप्लेजुङ, गोरखा र जाजरकोट छन् । बुधबार हेलिकोप्टरबाट मतपेटिका संकलन गरिएका जिल्लामा मनाङ, रसुवा, रुकुम, बाजुरा, डोल्पा, बझाङ, दार्चुला र सोलुखुम्बु छन् ।
जुम्ला क्षेत्र नम्बर १ अन्तर्गत पर्ने देपालगाउँ गाविसको त्रिभुवन उच्च मावि झारज्वाला मतदानकेन्द्रमा ७ मंसिरमा पुन: मतदान हुने आयोगले जनाएको छ ।
प्रतिक्रिया