काठमाडौ, २७ कात्तिक । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले अझै पनि समय बाँकी रहेको भन्दै सहमतिका लागि पहल गर्न आग्रह गरेका छन् ।
काठमाडौंको धापासीस्थित निवासमा आज (बुधबार) पत्रकारसँग कुरागर्दै अध्यक्ष बैद्यले निर्वाचन रोकेर सहमति खोज्न आग्रह गरे । ‘राजनीतिक सहमति विना मुलुकको समस्या समाधान हुँदैन,’ उनले भने, ‘अहिले पनि केही विग्रिएको छैन । सहमतिको प्रयास गरिनु पर्छ ।’
उनले बन्दुक र सुरक्षाकर्मीको भरमा गरिने चुनावको कुनै अर्थ नहुने बताए । ‘शान्ति प्रक्रियाको अभिन्न अंगलाई पाखालगाएर गरिने चुनावले समस्या समाधान गर्दैन,’ उनले भने ।
सरकार र प्रमुख दलहरुले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको अध्यक्ष बैद्यको आरोप थियो । ‘शान्ति पूर्ण आन्दोलनमा सरकार र ठूला दलहरुले दमन सुरु गरेका छन्,’ उनले भने, ‘अबको आन्दोलन उनीहरुको गतिविधिमा भर पर्छ ।’ उनले आन्दोलनलाई अझै शसक्त बनाउने बताए ।
प्रतिक्रिया