यमपञ्चकको चौथो दिन आज गोबर्धन पुजा

काठमाडौं, १८ कात्तिक । यमपञ्चकको चौथो दिन आज (सोमबार) नेपालीहरुले परम्पराअनुसार गोरु तथा गोबर्धन पूजा गरि मनाउँदैछन् ।
नेपालीहरुले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोबर्धन पर्वतको आकृति बनाई गोवर्धन पूजा गर्दछन् । कृषकको जमिन जोत्न र गाडा तान्न सहयोग गरेकाले विभिन्न परिकार गोरुलाई खुवाउने र पूजा गर्ने परम्परा छ ।
गाईबस्तु पाल्ने कृषकका लागि घाँसपात उपलब्ध गराएर सहयोग पुयाउने भएकाले पर्वतको प्रतिनिधि गोबर्धन पर्वतको पनि आजै पूजा गरिन्छ । गाउँघरमा घरदेखि गोठसम्म तोरण टाङने गरिन्छ ।
द्ववापरयुगमा भगवान श्रीकृष्णले आफ्नै हातले गोबर्धन पर्वत उचाली गोकुलवासीलाई बर्षा र डुबानबाट बचाई इन्द्रको घमण्ड नष्ट गरेकाले त्यसै बेलादेखि गोबर्धन पर्वतको पूजा गर्ने चलन चलेको हो भन्ने धार्मिक विश्वास छ ।

प्रतिक्रिया