माओवादीका कार्यकर्ता पक्राउ

इलाम: बन्द लगायतका क्रियाकलापमा संलग्न रहेको आरोपमा नेकपा–माओवादीका एक जिल्लास्तरीय नेतालाई प्रहरीले मङ्गलबारेबाट पक्राउ गरेको छ ।
मङ्गलवारे–३ तपेवा निवासी इन्द्रबहादुर राईलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । पक्राउ परेका उनलाई प्रहरीले अनुसन्धानपछि सार्वजनिक मुद्दा दायर गर्ने जनाएको छ ।
अहिलेसम्ममा प्रहरीले मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान् राज्य परिषद् र नेकपा–माओवादीका गरी ११ कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको छ ।

प्रतिक्रिया