पोखरामा थ्रीस्टार र मनाङ भिड्ने

पोखरामा जारी सफल पोखरा कप फुटबलको उपाधिका लागि आज नेपालका दुई महारथी क्लब थ्रीस्टार र मनाङ मर्‍र्यास्याङ्दी भिड्दै छन् । लगातार दोस्रो पटक उपाधि जित्ने अभियानमा रहेको मनाङलाई कडा टक्कर दिदै‘ लिग विजेता थ्रीस्टार पहिलो पटक उपाधि हात पार्ने दाउमा छ ।
थ्रीस्टारमा पछिल्लो समय स्टार खेलाडीहरूको बाहुल्यता रहेको छ । राष्ट्रिय टिमका अधिकांश खेलाडी थ्रीस्टारमा रहेपनि मनाङले पछिल्लो समय राम्रो टिम बनाउन कन्जूस्यॉई गरेको छैन् । त्यसैले फाइनल भिडन्त निकै रोमान्चक हुने अनुमान अधिकांशको छ । यसअघि गत वर्ष मच्छिन्द्रलाई फाइनलमा हराउ‘दै मनाङले उपाधि जितेको थियो । त्यतिबेला मच्छिन्द्रबाट फाइनल खेलेका केही खेलाडी अहिले मनाङमा छन् । शिव श्रेष्ठ, सुजल श्रेष्ठ, विशाल राई, दीपक राई, सुलभ मास्के लगायतका युवा खेलाडीहरू फर्ममा रहेका कारण पनि मनाङ उपाधि रक्षा गर्न उत्साहित छ ।

प्रतिक्रिया