आउदो शुक्रबार देखि देशभरका अधिकांश सिनेमा हलमा प्रदर्शनमा आउन लागेको चलचित्र मधुमासले प्रिमियर नगर्ने भएको छ । चलचित्रका बारेमा सञ्चारकर्मी तथा चलचित्र क्षेत्रका व्यक्तिहरुबाट राय, सुझाव लिने हिसावले प्राय अधिकांश चलचित्रहरुले प्रदर्शनमा आउनु अघि प्रिमियर सो गर्ने गरेका छन् । निर्देशक सुदर्शन थापाले चलचित्र मधुमासको प्रिमियर नहुने स्पष्ट पार्दै बरु सञ्चारकर्मीलाई छिट्टै हेर्ने व्यबस्था गरिने बताए । थापाद्धारा निर्देशित चलचित्रहरु ‘मेरो एउटा साथी छ, ”के यो माया हो, लभ स्टोरी, धन्दा” लगायतका सबै चलचित्रहरुको प्रिमियर हुदै आएको थियो । मधुमासको प्रिमियर नभएपछि भने विभिन्न टिकाटिप्पणि हुन थालेका छन् । मधुमासमा लगानी समेत गरेका निर्देशक थापाले प्रिमियर गर्दा खर्च मात्र बढ्ने भएकाले बिना प्रिमियर सो हलमा लाग्न थालेको बताएपनि आलोचकहरुले भने चलचित्र प्रिमियर हुादा चलचित्रका बारेमा गलत टिप्पणिहरु हुन सक्ने डरले प्रिमियर नगरेको हुन सक्ने बताएका छन् । थापाका साथै बाबुराम दाहालको पनि मधुमासमा लगानी छ ।
सस्पेन्स थ्रिलर लभ स्टोरी रहेको मधुमासमा चकलेटी नायक आर्यन सिग्देल, पूजा शर्मा, मनोज आर सी र शिवाङ्गिनी राणाको मुख्य अभिनय रहेको छ । उक्त चलचित्रमा समेटिएको गीत आटी सक्यो बोलको गीत भने निकै चर्चामा छ । नेपाली चलचित्रमा पछिल्लो समय कथा भन्दा गीतकै कारण दर्शकहरु हलसम्म पुगिरहेका बेला यो गीतले भने दर्शकलाई हलसम्म पुर्याउन सक्ला ? यो पर्खाईको बिषय बनेको छ । चलचित्र काठमाडौंका १७ वटा हलहरुमा प्रदर्शन हुने निर्माता समेत रहेका निर्देशक थापाले जानकारी दिए । निर्देशक थापा पछिल्ला समयका सफल निर्देशकका रुपमा चिनिन्छन् ।
प्रतिक्रिया