राष्ट्रिय उद्योग व्यापार संगठनद्वारा सुझाव संकलन

भैरहवा : नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन रुपन्देहीले मङ्गलबार भैरहवामा सुझाव सङ्कलन तथा शुभकामना आदनप्रदान गरेको छ ।
सङ्गठनले दसौ, तिहार, छठ र बकरिदको अवसरमा स्थानीय बजारमा नै खरिद गराौ, स्थानीय बजारको प्रवद्र्धन गरौा, स्वदेशी वस्तुको प्रयोग गरौा, स्वाभिमानी नेपालीको पहिचान बनाऔा भन्ने मूल नाराका साथ भैरहवामा हुन गइरहेको पर्यटन महोत्वसका लागि सुझावसङ्कलन गरेको हो । आगामी मङ्सिर २१ देखि पुस २ गतेसम्म स्थानीय सिद्धार्थ रङ्गशालामा हुन गइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्वस २०७० उपलब्धिमूलक र सफल बनाउन सबै एकजुट हुनुपर्नेमा कार्यक्रमकासहभागीले जोड दिएका थिए ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष मनिषकुमार जोशीले रुपन्देहीवासीको गौरव बोकेको महोत्वस सफल बनाउन सबै क्षेत्रको सहयोगको अपेक्षा गरिएको बताए  । सिद्धार्थनगर नगरपालिकाका कार्यकारी प्रमुख टीकादत्त राईले महोत्सव नगरको प्रतिष्ठा भएकाले सबै नगरवासीले अ–आफ्नो ठाउाबाट सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
सिद्धार्थ यातयात व्यवसायी समितिका अध्यक्ष दीपकराज शर्माले भैरहवामा हुने महोत्वसव सफल बनाउन यातयात व्यवसायी खटेर लाग्ने बताए  । नेपाल चीन मैत्री समाजका अध्यक्ष नारायण सापकोटाले महोत्सवलाई अपाङ्ग मैत्री बनाउन विशेष सुविधा दिन सुझाव दिए । तीन सय कक्ष रहने सो महोत्वसमा १० वटा चिनियाा स्टल पनि रहने जानकारी गराइएको थियो । महोत्सवमा लुम्बिनी भ्रमण तथा स्वदेशी उत्पादनको प्रदर्शनी, महिला तथा पुरुष कुस्ती प्रतियोगितासमेत रहने आयोजकले बताएका छन् ।

प्रतिक्रिया