काठमाडौ, २३ असोज । एकीकृत माओवादीले आफ्नो चुनावी घोषणापत्रमा मिडिया आयोग गठन र प्रेस स्वतन्त्रताको विषयलाई समेट्ने भएको छ । एकीकृत माओवादीको केन्द्रीय प्रचार विभागले राजधानीमा मंगलबार आयोजना गरेको कार्यक्रममा पार्टी प्रवक्ता अग्नी सापकोटाले समानुपातिक विज्ञापन प्रणाली र मिडिया आयोग गठनलाई चुनावी घोषणापत्रमा समेटिने बताएका छन् ।
माओवादीले प्रेस स्वतन्त्रतालाई संविधानको प्रस्तावना र असंशोधनीय धारामा राख्नेसमेत जनाएको छ । सापकोटाका अनुसार माओवादीले चुनावी घोषणापत्रमा सरकारी विज्ञापनको समानुपातिक वितरण, सञ्चार माध्यमको दिगोपनलगायत १५ वटा विषय समेटिएको हो ।
क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आर्चायले पत्रकारको मिडिया पास वितरणलगायत मिडियासम्बन्धी विषय सबै काम गर्ने गरी स्वायत्त मिडिया आयोगको परिकल्पना गरिएको बताए । आर्थिक रूपमा कमजोर मिडियालाई राज्यले संरक्षणको नीति लिनुपर्ने विषयसमेत माओवादीको चुनावी घोषणापत्रमा उल्लेख छ ।
प्रतिक्रिया