राजश्व र जरिवान तिर्नु परे बजार बन्द

Chitwan-Banda

चितवन, ४ असोज । आन्तरिक राजश्व विभागले कर र जरिवाना तिर्न ताकेता गरेको बिरोधमा नेपाल उद्योग बाणिज्य संघले चितवनमा बजार पसल बन्द गराएको छ ।

उद्योगी/व्यवसायीको बन्दका कारण उपभोक्ता प्रभावित भएका छन् । बजार बन्द भए पछि चाडपर्वका लागि किनमेल गर्न आएका उपभोत्तला अत्याधिक मर्कामा परेका छन् ।
उद्योगी/व्यवसायीले यातायात, शैक्षिक संस्थालगायतलाई भने अवरोध पुर्‍याएका छैनन् । सवारी आवागमन सुचारु छ ।
नारायणगढ बजारमा रहेको लक्ष्मीनारायण वस्त्रालयलाई विभागले चार करोड ५८ लाख भ्याट र जरिवाना तिर्न ताकेता गरेपछि उद्योगी/व्यवसायीले चितवनका बजार पसल बन्द गराएका हुन् ।
विभागले अन्याय र प्रतिशोधपूर्ण ढंगले वस्त्रालयका सञ्चालक लक्ष्मीनारायण श्रेष्ठलाई ठूलो रकम जरिवाना तोकेको संघको आरोप छ ।
संघका अध्यक्ष डा.तिलचन्द्र भट्टराईले जरिवाना तिर्ने विषय सबै उद्योगी/व्यवसायीको समस्या रहेको प्रतिक्रिया दिए । ‘राजश्व विभागले मनपरी गर्न पाउँदैन,’ उनले भने, ‘व्यवसायीले धान्नै नसक्ने गरेर जरिवाना गर्नु हुँदैन ।’
विभागले भदौ–१४ गते एकमहिनाको समायवधि तोकेर ४ करोड ५८ लाख भ्याट बुझाउन लक्ष्मीनारायण वस्त्रालयलाई ताकेका गरेको थियो । तोकिएको समय भित्र भ्याट तथा जरिवाना तिर्न नसके पछि एक करोड ५२ लाख धरौटी बुझाउन ताकेता गरिएको सञ्चालक लक्ष्मीनारायाण श्रेष्ठले बताए ।

प्रतिक्रिया