काठमाडौं, ४ असोज . नेपाल ब्याडमिन्टन संघका पीताम्बर तिम्सिना र रमेशकुमार श्रेष्ठको जोडी अन्नपूर्ण कर्पोरेट आमन्त्रण ब्याडमिन्टन प्रतियोगिताको ग्रिन डबल्समा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धामा पीताम्बर र रमेशको जोडीले एटिएलका मनीष राजभण्डारी र दयाराज शर्माको जोडीलाई २१–३ र २१–१२ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा क्वाटरफाइनल पुग्नेमा नेपाल प्रहरी क्लबका सुरेन्द्रबहादुर सिंह र हेमन्तपाल, आनका सन्तोष श्रेष्ठ र जिपी तिमिल्सना, सुकेमका पदमबहादुर मगर र रुद्र थिङ, प्रहरीका रमेशप्रसाद खरेल र ज्ञानविक्रम शाह, सिटिजन्स बैंकका सञ्जीवकुमार श्रेष्ठ र राजनसिंह भण्डारी तथा जेनरल फाइनान्सका मोहनबहादुर शाही र कृष्ण थापा छन् ।
नेपालन्युज नेटवर्क इन्टरनेसनल प्रालि र काठमाडौंं जिल्ला ब्याडमिन्टन संघद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगिताको ब्लु डबल्समा प्रहरीका सुरेन्द्रबहादुर सिंह र हेमन्तपाल, बाग्लुङ उद्योगका रजिन खड्का र उमेश राजभण्डारी, हिमालयन बैंकका सिद्धार्थ शर्मा र अमृत मल्ल, टियुका गंगाराम महर्जन र खेमराज भट्ट तथा बैंक अफ काठमाडौंंका मदन गौतम र अरुण श्रेष्ठ क्वाटरफाइनलमा पुगे ।
मेन्स सिंगल्स ब्लुतर्फ एनएसबीआईका नवराज जोशीले आप्काका सन्देश कटवाललाई २१–२ र २१–५, आङदेम्बे कन्स्ट्रक्सनका भवानी आङदेम्बेले रानीवन रिट्रिटका अंकुर श्रेष्ठलाई २१–७ र २१–४, यती एयरलाइन्सका प्रफुल्ल वैद्यले हिमालयन बैंकका सुरजबहादुर सिंहलाई २१–१४ र २१–१९, काबेली टुर्स एन्ड ट्राभलका सन्तोष मोक्तानले क्लिनइनर्जीका बद्री कार्कीलाई २१–१० र २१–३, माउन्टेन ट्राइब्सका ग्याल्जेन शेर्पाले टियुका खेमराज भट्टलाई २१–१७ र २१–११, एडिबिएलका तुलसी सुवेदीले सेन्चुरी बैंकका गणेशप्रसाद शर्मालाई २१–८ र २१–४, कास्की फाइनान्सका विशाल खड्काले बाग्लुङ उद्योगका उमेश राजभण्डारीलाई १६–२१, २१–९ र २१–५ तथा नेपाल प्रहरी क्लबका ज्ञानविक्रम शाहले निम्बसका ज्ञानेन्द्र पौडेललाई २१–१६ र २१–१६ को सेटमा हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरे ।
प्रतिक्रिया