भक्तपुर, ४ असोज । भक्तपुर जिल्लाको दुई बेग्लाबेग्लै स्थानमा झुन्डिएर एक पुरुष र एक युवतीले आत्महत्या गरेका छन् ।
मध्यपुर ठिमी नगरपालीका–१६ लोकन्थलीस्थित आफ्नै घरको तेस्रो तलाको बरन्डामा श्रीमतीको सलको पासो लगाई एक पुरुषले आत्महत्या गरेका छन् । ४६ वर्षीया लक्ष्मीप्रसाद खतिवडालाई घरको कोठाभित्र श्रीमतीको सलको पासो लगाएर झुन्डिएको अवस्थामा उनकी श्रीमती विद्या खतिवडाले देखेर तत्काल उक्त सलको पासो काटेकी थिइन् ।
खतिवडालाई उपचारका लागि निजामती अस्पताल मीनभवन काठमाडौ लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी ताथली–२ कि युवतीले पनि आफ्नै घरको सिलिङमा झुन्डिएर आत्महत्या गरेकी छिन् ।
आत्महत्या गर्नेमा अर्जुन थापाकी २२ वर्षीय छोरी अस्मिता थापा भएको प्रहरीले बताएको छ । यी घटनाहरूको विषयमा थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी प्रभाग भक्तपुरले बताएको छ ।
त्यस्तै, भक्तपुर इवामुरा अस्पतालअगाडि निकोसेराबाट भक्तपुरतर्फ आउँदै गरेको मिनी ट्रकले बुधबार राति ठक्कर दिँदा साइकलमा सवार यात्रुको मृत्यु भएको छ । बा २ ख ३३३४ नं.को मिनीट्रकले साइकललाई ठक्कर दिँदा साइकलमा सवार यात्री भक्तपुर सृजनानगर बस्ने वर्ष ५५ को बेलभक्त प्रजापति सख्त घाइते भएको र उनलाई उपचारका लागि इवामुरा अस्पताल लगेकोमा उपचार हुन नसकेपछि न्युरो अस्पताल बाँसबारी काठमाडौं लगिएको थियो ।
सख्त घाइते प्रजापतिको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मिनीट्रक, चालक भक्तपुर कमलविनायक बस्ने वर्ष २४ को श्रीे कृष्ण प्रजापतिलाई महानगरीय प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको बताइएको छ ।
प्रतिक्रिया