नेपाली मुद्रा हाल सम्मकै कमजोर

Dollarकाठमाडौं, १३ भदौ । अमेरिकी डलरको भाउ ह्वात्तै उकालो लागेपछि आज (बिहीबार) १ सय आठ रुपियाँ ९० पैसामा कारोबार भएको छ ।
डलरको तुलनामा नेपाली रुपियाँ हालसम्मकै कमजोर बनेको हो । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर खरिदका लागि १ सय ८ रुपियाँ नब्बे पैसा मूल्य तोकेको छ ।
बिहीबार एकैदिन अमेरिकी डलर ३ रुपियाँ ५८ पैसाले महङ्गो भएको छ । बुधबार प्रतिडलर १ सय ५ रुपियाँ ३२ पैसामा कारोबार भएको थियो ।
भारतीय रुपियाँ कमजोर भएपछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको अर्थविज्ञहरुले जनाएका छन् ।

अमेरिकी डलरको भाउ बढे पछि नेपाली बजारमा मूल्य बृद्धिको प्रत्यक्ष असर परेको छ । पेट्रोलियम पदार्थ, सुनलगायतका आयातित् सामानमा मूल्य बृद्धि हुने विज्ञको भनाई छ ।

प्रतिक्रिया