३३ दलीय मोर्चा निर्वाचनमा सहभागी हुन्छ

Nilkantha-Upretiचितवन, ११ भदौ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मंसिर चारगते हुन लागेको दोस्रो संविधान सभा निर्वाचनमा नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा सहभागी हुनेमा आफू आशावादी रहेको बताएका ।
चितवनको भरतपुर विमानस्थलमा आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा उप्रेतीले वार्ता र सम्वाद जारी रहेकाले असन्तुष्ट दलहरु पनि चुनावमा सहभागी हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे । उनले मतपत्र छाप्ने बेलासम्म बहिस्कार गरे पनि त्यस पछि चुनावलाई बाधा हुन नहुने बताए ।
‘१ करोड २५ लाख जनताले निर्वाचन चाहेर निर्वाचन आयोगमा मतदाता नामवलीमा नाम दर्ता गरेका छन्,’ उनले भने, ‘लोकतन्त्रमा विरोध गर्ने अधिकार छ । तर कसैलाई हस्तक्षेप गर्ने अधिकार छैन ।’
अन्तरिम संविधान अनुसार सबैको अस्तित्व रहेकाले ऐनले निर्देशन गरे अनुसार सबै हिड्नु पर्ने उनले बताए ।

प्रतिक्रिया