कम्पनीले पैसा लियो एल्बम निकालेन

काठमाडौ २१ चैत । गायिका राधिका श्रेष्ठ बिमारीले बेडमै थन्किएको नौ महिना भयो ।  स्वास्थ्यचिन्ता एकातिर, यसबाहेकको अर्को चिन्ताले पनि सताइरहेछ उनलाई । भन्छिन्, ‘जिम्मा लिएको डेढ वर्षसम्म पनि विकल्प क्रिएसनले मेरो नया एल्बम बजारमा ल्याइदिएन ।’ सबै पैसा लिइसकेर पनि उक्त कम्पनीले आङ्खनो फेरि याद आयो एल्बमलाई बेवास्ता गरिदिएको गुनासो उनले गरिन् ।
राधिकाका अनुसार उनले कम्पनीलाई रेकर्ड गरिएका गीतसहित एल्बम, म्युजिक भिडियो र त्यसको प्रमोसनका लागि भन्दै पटकपटक गरी विकल्प क्रिएसनलाई दुई लाख ३५ हजार रुपिया उपलब्ध गराइसकेकी छन् । तीमध्ये एक लाख ८५ हजार रुपिया म्युजिक भिडियो र एल्बम बजारमा ल्याउन र ५० हजार मिडिया प्रमोसनका लागि मागेको उनले सुनाइन् । दुइटा म्युजिक भिडियो बनिसके पनि कम्पनीले त्यसलाई मिडियामा भने नल्याएको बताउ छिन् । उनका अनुसार कम्पनीका मुनाल शिशिरसग गएर पटकपटक यसबारे गुनासो गर्दा पनि कुनै चासो देखाएनन् । भनिन्, ‘पहिले हुन्छ भनेर पैसा लिए, अहिले बिरामी अवस्थामा कराउन जादा पनि उल्टै मिडियामा एक–दुईचोटि बजिसकेको प्रोमोसमेत फिर्ता ल्याएछन्, एल्बमको आम्दानी समाजसेवामा लगाउने विचार थियो, अब एल्बमै नआएपछि त्यो चाहना पनि मर्दै छ ।’ उनी गुनासो गर्छिन्, ‘बिरामी छु, आफू उठ्न सक्दिन, लौन कसैले पहल गरिदिनुहोस् ।’ यसअघि मेरो माया र ओम नमः शिवाय निकालिसकेकी श्रेष्ठको यो तेस्रो एल्बम हो ।
यससम्बन्धमा विकल्प क्रिएसनका मुनाल शिशिरसग सम्पर्क गर्दा आपूmहरूले सात महिनाअगाडि नै उक्त एल्बम बजारमा ल्याएको दाबी गरे । त्यसो भए गायिका राधिका किन गुनासो गर्दै छिन् त ? यो प्रश्न गर्दाचाहि उनले आफूहरूसगको कन्ट्याक्ट सकिएकाले गायिकाले अन्तैबाट निकाल्न लागेको भन्दै अस्पष्ट उत्तर दिए । र, झर्किएर मोबाइल काटे, ‘ल, लेख्न मन लागेको हो ? लेख्नुस् ।’ केही समयअगाडि पनि शिशिर अर्काको गीतको शब्द जस्ताको तस्तै कपी गरेकामा विवादमा परेका थिए । रूपक डोटेलको स्वरमा रहेको मेरो सामु पर्दा तिम्रो शिर झुक्छ भने गीतको शब्द कपी गरेबापत उनले क्षतिपूर्ति तिर्नुपरेको थियो ।

प्रतिक्रिया