‘भारतीय पक्षको हस्तक्षेपकारी भूमिका’

काठमाडौं : नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले दार्चुलामा बाढी आउनुमा भारतीय पक्षको हस्तक्षेपकारी भूमिका कारक रहेको बताएका छन् । महासचिव थापाद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सीमा नदी महाकालीपारी भारतीय पक्षले एकपक्षीयरूपमा धौलीगङ्गा बाँध बााध्नु, नदी किनारमा तटबन्ध बनाउनु र वर्षातपछि नेपाललाई जानकारी नै नदिई बाँध खोल्नुले भएको क्षति हस्तक्षेपकारी बिनास हो ।’
उनले दार्चुलामा आएको बाढीका साथै पूर्ण मनसुनमा लक्ष्मणपुर, खुर्दलौटन, गण्डक र कोसी बााधले पुर्‍याउन सक्ने क्षतिबारे तत्काल भारतीय पक्षसँग संवाद गरी सम्भाव्य अरु क्षति रोक्न यथाशीघ्र पहल गर्न सरकारसँग माग गरे ।
बाढीपहिरोबाट पीडित जनतालाई उद्दार, राहत र व्यवस्थापनमा राज्य पक्षले गरेको ढिलाई र राहत पुन:स्थापनाका लागि छुट्टयाएको रकम ज्यादै न्यून भएको तथा पुन:निर्माण कार्यमा राज्यद्वारा यथाशीघ्र कदम चाल्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । बाढीपहिरोका कारण अलपत्र परेका तीर्थ गर्न तथा रोजगारीका लागि भारत गएका नेपालीहरूलाई यथाशीघ्र उद्दार गर्न विज्ञप्तिमा माग गरिएको छ ।
बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति पार्टीको तर्फबाट गहिरो दु:ख व्यक्त गरिनुका साथै पार्टी कार्यकर्तालाई उद्दार र राहत कार्यमा पहल जारी राख्न तथा बाढी पहिरो पीडित जनतालाई सहयोगका लागि राहत संकलन गर्न सम्पूर्ण पार्टी पंक्तिलाई महासचिव थापाले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया