भारतमा छ जना नेपाली युवाको मृत्यू

jajarkotजाजरकोट, ६ असार । भारतको गौरीकुण्डामा बाढीको चपेटामा परेर ६ जना नेपाली युवाको ज्यान गएको छ ।
कामको खोजिमा गौरीकुण्ड पुगेका जाजरकोट जिल्लाका ६ जना नेपाली युवाको मृत्यू भएको हो । मृत्यू हुनेमा टालेगाउँका ६ जना रहेको आफन्तले जनाएको छ ।
बाढीमा परि ज्यान गुमाउनेहरुमा जाजरकोट टालेगाउ–४ का अभिबहादुर सिंह, गणेशबहादुर सिंह, बखतबहादुर सिंह, धिरेन्द्रबहादुर सिंह, वीरेन्द्रबहादुर सिंह र टालेगाउ गाविस वडा नम्वर ७ का हरिबहादुर शाही रहेका छन् । बाढीमा परेर मृत्यू भएको जानकारी उनीहरुसँगै काम गर्न गएका जाजरकोटका दलबहादुर सिंहले गराएका हुन् ।
कक्षा १२ को परीक्षा दिएर काम खोज्न भारतको उत्तराखण्ड गएका युवालाई बाढीले बगाएको थियो ।

प्रतिक्रिया