रेग्मी विरुद्धको रीटको सुनुवाई २० गते

Sarbochhaकाठमाडौं, ६ असार । सर्वोच्च अदालतले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी विरुद्ध परेको रीटको अन्तिम सुनुवाई असार २० गते गर्ने भएको छ ।
सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीशसहित ९ जना न्यायाधीशको पूर्ण ईजलासले रेग्मी विरुद्धको रीटको अन्तिम सुनुवाई असार २० गते गर्ने निर्णय गरेको हो ।
रेग्मीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै रीट दायर भएको थियो । अध्यक्ष रेग्मी, एमाओवादी अध्यक्ष पुष्मकमल दाहाल तथा राष्ट्रपति विरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल र भरतमणि जंगमले रीट दायर गरेका थिए ।
सर्वोच्चले बाधा अड्काउ फुकाउको विरोधमा परेका अन्य रीटलगायतलाई एकैठाउँमा समावेश गरी असार २० गते पेश गर्न आदेश पनि दिएको छ ।
प्रधानन्यायाधीश रेग्मी सरकार प्रमुख हुनु संविधान र शक्ति पृथकीकरणको सिद्धान्त विपरीत हुने भन्दै परेका रीटको पेशी पटक–पटक रोकिदै आएका थिए ।

प्रतिक्रिया