कांग्रेस, २८ जेठ । नेपाली कांग्रेसले संविधानसभा चुनावका लागि विवाद नगर्न अन्य राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।
सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा सोमबार बसेको नेताहरूको अनौपचारिक बैठकले चुनावका लागि लचिलो हुन सबै राजनीतिक दलहरूलाई आह्वान गर्ने निर्णय गरेको हो । कांग्रेसले चुनावका लागि आफूले राख्दै आएका अडानमा पनि लचिलो हुने निष्कर्ष निकालेको स्रोतको भनाइ छ । ‘चुनावका लागि दलहरू सहमतिमा आउँछन् भने कांग्रेसले लिएको चुनावसम्बन्धी अडानमा लचिलो हुन तयार छौँ,’ एक नेताले भने ।
कांग्रेसले थ्रेसहोल्डको व्यवस्था, फौजदारी अभियोगी व्यक्ति चुनावमा भाग लिन नपाउनेलगायत विषयमा अडान राख्दै आएको थियो । कांग्रेसले नेकपा–माओवादी, मधेसी जनअधिकार फोरम नेपाललगायत दलहरूलाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ ।
प्रतिक्रिया