हनुमान्ते खोलाको बिवादमा प्रहरीसंग झडप

Verschmutztes_Kathmanduभक्तपुर, २५ जेठ । काठमाडौ र भक्तपुरको सिमाना अवस्थित हनुमान्ते खोलाको बिषयलाई लिएर स्थानीय बासिन्दा र प्रहरीबीच आज दिउँसो झडप भएको छ ।
मध्यपुर ठिमी १५ नं वडाका बासिन्दाले बिगतमा खोला फर्काउदा जग्गा मिचिएको भन्दै खनिएको खाल्डो पुर्न खोज्दा प्रहरीसंग झडप र भनाभन भएको
हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले अदालतले दिएको आदेश पालना गराउन खोज्दा स्थानीय बासिन्दा आक्रोशमा आएको बताए । बिगत देखि नै
यो खोलाको बिषयलाई लिएर काठमाडौ र भक्तपुरका स्थानीयबीच झडप हुदै आएको छ ।

प्रतिक्रिया