बाढीले तीनलाई बगायो

सिन्धुली, २४ जेठ । सिन्धुलीको झाँगाझोली–५ स्थित धमिले खोलामा आएको बाढीले एकै परिवारका तीन जनालाई बगाएको छ । बाढी आएका बेला खोला तर्न खोज्दा उनीहरूलाई बगाएको प्रहरीले जनाएको छ ।

बाढीले बगाएकामा झागाझोलीकै ७८ वर्षीय रामबहादुर चौलागाई, उनका ६० वर्षीया पत्नी सन्तमाया र २० वर्षीया नातिनी तुलसा छन् । सिन्धुली जिल्ला प्रहरीका अनुसार रामबहादुरको शव फेला परे पनि अन्य दुईको बिहीबार साँझ पत्तो लाग्न सकेको छैन ।

प्रतिक्रिया