इस्लामिक केन्द्र ध्वस्त

London Sourya Dailyलण्डन । उत्तरी लण्डनको अलरहमा इस्लामिक केन्द्र आगो लगाएर ध्वस्त बनाइएको छ । जातीय उग्रवादीहरुले आक्रमण गर्दा उक्त सेन्टर ध्वस्त भएको प्रहरीले जनाएको छ । उक्त केन्द्रको दोस्रो तल्लाको पर्खालमा अग्रेजी ईडीएल अर्थात् ईग्लिश डिफेन्स लीग लेखिएको प्रहरीले जनाएको छ ।

उक्त मस्जिद सोमालियाका मुसलमानहरुले प्रयोग गर्दै आएको प्रहरीको भनाइ छ । घटनाबाट सोमालियाली मूलका नागरिक भने निकै त्रसित भएको खबर छ । घटनामा मानवीय क्षती हुनबाट भने जोगिएको छ ।

प्रतिक्रिया