डडेल्धुरा, १४ जेठ । एमाले पोलिटब्यूरो सदस्य अष्टलक्ष्मी शाक्यले अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकार भारतको इशारामा चलेको दाबी गरेकी छन् ।
डडेल्धुरामा आज (मंगलबार) आयोजित कार्यक्रममा नेतृ शाक्यले रेग्मी सरकारको चाबी भारतकै हातमा रहेको आरोप लगाईन् । उनले सरकार र केही ठूला दलका नेताहरुका कारण देशमा राष्ट्रियता खतरामा परेको बताईन् ।
उनले एमाओवादीले संविधानसभाको निर्वाचन हुन नदिन षड्यन्त्र गरिरहेको आरोप पनि लगाईन् । माओवादीको अस्वस्थ प्रतिस्पर्धाले नयाँ संविधान बन्न नसकेको उनले उल्लेख गरिन् ।
बर्गीय भन्दा पनि जातीय कुरामा बढि जोड दिने केही नेताहरु एमालेबाट बाहिरिएकाले पार्टीलाई खासै असर नपरेको उनको भनाई छ । ‘अशोक राई, उर्मिला अर्यालजस्ता चरित्र विहीन नेताहरुले एमाले छाडेर कुनै असर गर्दैन्,’ उनले भनिन्, ‘धेरै महत्वकांक्षा बोकेका कारण उनीहरुले पार्टी फेरिरन्छन् ।’
प्रतिक्रिया