दुर्घटनामा २२ यात्रु घाईते

Dhanusha Districtधनुषा, ६ जेठ । धनुषा जिल्लामा भएको सवारी दुर्घटनामा २२ जना यात्रु घाईते भएका छन् ।
ढल्केर–३ स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा आज (सोमबार) विहान एक बजे भएको दुर्घटनमा २२ यात्रु घाईते भएको प्रहरीले जनाएको छ । घाईते मध्ये चार जनाको अवस्था गम्भीर छ ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको ना.४ ख  ६६३२ नम्वरको बसले साइडमा रोकी राखेको ना.४ ख ८४९२ नम्वरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा बसमा सवार यात्रु घाइते भएका हुन् ।

प्रतिक्रिया