′मिति घोषणा अघि निर्वाचनको वातावरण आवश्यक′

Khilraj-Regmi'sकाठमाडौं, ४ जेठ । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सरकार निर्वाचनको मिति घोषणा गर्न आतुर रहेको बताएका छन् ।
दलहरुले निर्वाचनको मिति घोषणामा ढिलाई भएको भन्दै सरकारको आलोचना गरिरहेका बेला अध्यक्ष रेग्मीले निर्वाचनको वातावरण निर्माण गरेपछि सरकारले मिति घोषणा गर्ने स्पष्ट पारे । कोटेश्वर महादेव क्षेत्र विकास समाजले निर्माण गरेको क्रियापुत्री भवन हस्तान्तरण कार्यक्रममा उनले समयमै निर्वाचन सम्पन्न गर्न निर्वाचन अध्यादेशलाई अन्तिम रुप लिन लागेको जानकारी दिए । उनले दलहरुसंगको परामर्श जारी रहेको उल्लेख गर्दै निर्वाचनमा सबै दल सहभागी हुने वातावरण तयार होस् भन्ने सरकारको चाहना रहेको बताए । निर्वाचन नै सरकारको एकमात्र लक्ष्य रहेकाले भयरहीत वातावरणमा सहभागिता र समावेशि चरित्रको निर्वाचन सम्पन्न हुने दावी गरे ।

प्रतिक्रिया