आदिवासीको महाधिवेशन चितवनमा सुरु

चितवन, २९ वैशाख । नेपाल आदिवासी जनजाति महासंघको आठौँ राष्ट्रिय महाधिवेशन शनिबारदेखि चितवनमा सुरु भएको छ । सहिद धनबहादुर थनेतका छोरा तोवबहादुर थनेत र सेना सहन चौधरीका छोरा कमल चौधरीले कार्यक्रम उद्घाटन गरे ।
उद्घाटन समारोहमा बोल्दै एकीकृत माओवादीका नेता वर्षमान पुनले आदिवासी जनजातिले उठाएका विषयमा आफ्नो पार्टी सकरात्मक भएको बताउँदै आगामी संविधानमा पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान बन्ने दाबी गरे ।
संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले चार दलका कारणले संविधानसभाबाट संविधान नआएको भन्दै आदिवासी जनजातिका हक अधिकारका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । २३ वर्षपछि पहिलोपटक राजधानीबाहिर गरिएको महाधिवेशनको उद्घाटन सत्रअघि चितवनका विभिन्न ठाउँबाट सांस्कृतिक झाँकीसहित बृहत् शोभा यात्रा निकालिएको थियो ।

प्रतिक्रिया