अल्काद्वारा प्रहरीलाई बेड

काठमाडौं : ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल प्रालिले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल प्रहरीलाई २० वटा फलामे बेड प्रदान गरेको छ । नेपाल पुलिस क्लबमा शुक्रबार आयोजित एक कार्यक्रममा अस्पतालका अध्यक्ष कुमार थापाले क्लबका प्रमुख प्रहरी नायब उपरीक्षक भूपेन्द्रबहादुर खत्रीलाई दुई शय्यासहितको २० वटा फलामे बेड प्रदान गरेका हुन् । ८० जना प्रहरी जवान सुत्न मिल्ने ती बेडको लागत तीन लाख ७५ हजार रुपियाँ रहेको अस्पतालले जनाएको छ । (सौस)

प्रतिक्रिया