काजललाई स्वर्ण

taekwondo-photoकाठमाडौं, २१ वैशाख । विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालयकी विनीता श्रेष्ठ र आयोजक राष्ट्रिय तेक्वान्दो संघकी काजल श्रेष्ठले दोस्रो नेकोस राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिलाको ४४ केजी उपाधि भिडन्तमा विनीताले उदयपुरकी सन्ध्या सिंहलाई पराजित गरिन् । धादिङकी सम्झना भण्डारी र रूपन्देहीकी सपना नेपाली तेस्रो भए ।
महिला ४६ केजीको फाइनलमा काजलले रूपन्देहीकी अनिता बिसीलाई पाखा लगाइन् । धनकुटाकी विनीता तामाङ र चितवनकी रोशनी लिम्बू संयुक्त रूपमा तेस्रो भए ।
पुरुषको ५१ केजीमा काभ्रेका अमित श्रेष्ठ तथा महिलाको ४२ केजीमा उदयपुरकी सुजा राउत र ४९ केजीमा चितवनकी सुस्मिता तामाङ मगर पहिलो भए । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । प्रतियोगितामा ३२ इभेन्ट समावेश भएको आयोजक राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष बद्री घिमिरेले बताए । राष्ट्रिय तेक्वानदो संघ नेपाल खेलकुद महासंघका शाखामध्येको सबैभन्दा प्रभावकारी मानिन्छ ।

प्रतिक्रिया