मनमोहन अधिकारीको १४ औं स्मृति दिवस मनाईदै

main-काठमाडौं, १३ बैशाख । नेकपा एमालेका तत्कालीन अध्यक्ष तथा नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज विविध कार्यत्रमकासाथ १४ औं स्मृति दिवस मनाईंदै छ ।
नेकपा एमालेले सानेपामा रहेको मनमोहन स्मृति प्रतिष्ठानमा चियापान कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा सहभागी पार्टीका शीर्ष नेताका साथै विभिन्न राजनीतिक दलका नेताहरुले स्वर्गिय अधिकारीको शालिकमा माल्यार्पण गरेका थिए ।

नेपालमा राणा विरोधी आन्दोलन, २०३६ सालको जनमत संग्रहमा बहुदलका पक्षमा उभिएका स्व. अधिकारी निरन्तर प्रजातन्त्रका लागि लडिरहे ।
गुट र उपगुटमा विभाजित कम्युनिस्ट पार्टीबीच एकता गर्ने क्रममा २०४६ पौष  २२ गते अधिकारीले नेतृत्व गरेको नेकपा(माक्र्सवादी) र मदन भण्डारीले नेतृत्व गरेको नेकपा(माले) एकीकृत भई नेकपा(एमाले) गठन भएको हो । एकतापछि बनेको पार्टीको अध्यक्ष पदमा अधिकारी नै सर्वसम्मतले छानिए । त्यस्तै २०४९ मा भएको नेकपा (एमाले) को पा“चौ“ महाधिवेशनमा समेत अधिकारी पुनः अध्यक्ष पदमा नै चयन भए ।
२०५१ सालमा भएको मध्यावधि निर्वाचनमा २०५ मध्ये ८९ सिट ल्याई एमाले संसद्मा सबैभन्दा ठूलो दलका  रुपमा स्थापित भयो । ठूलो पार्टीको हैसियतले एमालेले अल्पमतको सरकार गठन गर्‍यो । मनमोहन अधिकारीले नेपालको इतिहासको पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरे । नौ महिनामात्र शासन गर्न पाएको मनमोहन नेतृत्वको सरकार अहिलेसम्मकै लोकप्रीय सरकारका रुपमा चिनिने गरिन्छ । २०५६ साल वैशाख १३ गते आजकै दिन मनमोहन अधिकारीको निधन भएको थियो ।

प्रतिक्रिया