निर्वाचनमा सहयोग गर्न बिजुक्छेसंग आग्रह

indexभक्तपुर , १० बैशाख । आसन्न संविधान सभा निर्वाचनमा सहयोग गर्न सरकारले नेपाल मजदुर किसान पार्टीलाई आग्रह गरेको छ ।
गृहमन्त्री माधव घिमिरे र स्वास्थ्य मन्त्री विद्याधर मल्लिकले आज नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई भेटी आसन्न निर्वाचनका बारेमा छलफल गरेका छन् । बिच संग भेटघाट भएको छ ।
बिजुक्छे निवास कमलविनायकमा भएको छलफलमा निर्वाचनका बारेमा छलफल भएको स्वास्थ्यमन्त्री मल्लिकले जानकारी दिए । मल्लीकले आगामी १५ दिन भित्र संविधान सभाको निर्वाचनको मिती तय गरिने र त्यसको लागि सहयोग गर्न भेट गरिएको बताए ।
नेमकिपाका अध्यक्ष बिजुक्छेले संविधान सभा निर्वाचनसंगै स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा आफुले जोड दिएको बताए । उनले लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधी बिहीन रहेकाले एकै समयमा दुबै निर्वाचन हुनुपर्ने बताए ।

प्रतिक्रिया