प्रोसेसलाई चौथो ओसिड यु–१४ बुद्धिचाल उपाधि

chessकाठमाडौं, ४ वैशाख । अन्तिम चरणको खेलमा अन्नपूर्ण उच्च माविका मिलन लामालाई पराजित गर्दै राजन मेमोरियल स्कुल काठमाडौंका प्रोसेस श्रेष्ठले चौथो ओसिड यु–१४ बुद्धिचाल प्रतियोगिताको उपाधि हात पारेका छन् । प्रोसेसले सात खेलबाट ६ अंक बटुले । समान ६ अंक बनाएका एभरेस्ट इंग्लिस स्कुल कैलालीका महेश खड्का हेड टु हेडका आधारमा पछि पर्दै दोस्रो स्थानमा रहे । कैलालीबाट यसै प्रतियोगिताका लागि काठमाडौं आएका महेश नेपाली बुद्धीचालमा यसअघि सुनिएका नाम होइनन् । महेश पहिलो चरणमै प्रोसेससँग पराजित भएका थिए भने त्यसपछि उनले लगातार जित हात पारे । उनले अन्तिम ं चरणमा अन्नपूर्णका विकेस जायसवाललाई पराजित गरेका हुन् ।

मिलनले ५ दशमलव ५ अंकका साथ तेस्रो स्थानमा प्रतियोगिता अन्त्य गरे । समान अंक भएका ग्रीनल्यान्ड स्कुलका सुसान्त गौतम चौथो, अन्नपूर्णका जेनिस थापा पाँचौँ तथा ग्रीनल्यान्डका सञ्जय श्रेष्ठ छैटौँ स्थानमा रहन सफल भए । त्यस्तै विकेश जायसवाल सातौँ, अपि स्कुलका विदितप्रताप सिंह आठौँ, ओसिड नेपालका प्रेम साही नवौँ तथा बुद्धिस्ट बालगृहका सुमन दुवस दसौँ स्थानमा रहे । बालिकातर्फ अन्नपूर्ण उमाविका आकृती पाण्डे पहिलो र ऊर्जा अधिकारी दोस्रो भए । ओसिड नेपालकी जानकी सिंह तेस्रो स्थानमा रहन सफल भइन् ।
प्रतियोगितामा विभिन्न १५ संस्थाबाट ५१ खेलाडीको सहभागिता थियो ।

प्रतिक्रिया