अपांगलाई वीरमा नि:शुल्क सेवा

काठमाडौं : ज्येष्ठ नागरिक तथा अपांगलाई वीर अस्पतालले नि:शुल्क उपचार सेवा तथा औषधि उपलब्ध गराउन थालेको छ । यसका लागि अस्पतालले छुट्टै बहिरंग सेवा सुरु गरेको छ ।
अस्पतालले सोमबारदेखि ज्येष्ठ नागरिक तथा अपांगका लागि सम्पूर्ण स्वास्थ्य सेवा, उपचार तथा औषधिसमेत नि:शुल्क दिने व्यवस्था गरेको हो । अस्पतालका निर्देशक डा. बुलन्द थापाले वीरमा देशभरका बिरामीको चाप अत्यधिक हुने भएकाले ज्येष्ठ नागरिक तथा अपांगलाई सहज रूपमा सेवा दिन छुट्टै बहिरंग सेवा सञ्चालनमा ल्याइएको बताए । ज्येष्ठ नागरिकका हकमा ७० वर्षभन्दा माथिकाले मात्र यस्तो सुविधा पाउनेछन् ।
ज्येष्ठ नागरिक तथा अपांगका लागि बनाइएको बहिरंग सेवामा ज्येष्ठ नागरिक तथा अपांगले सहज रूपमा नि:शुल्क उपचार पाउनेछन् । यसअघि ज्येष्ठ नागरिक उपचारका लागि घन्टौँ लाइनमा बस्नुपर्ने, टिकटलाई पनि लाइनमा बस्नुपर्ने, ३/४ तलासम्म उक्लँदा उनीहरूले दु:ख झेल्नुपर्ने अवस्था थियो । (सौस)

प्रतिक्रिया