सत्यकलाको तिज गीत बजारमा

काठमाडौँ । गायिका सत्यकला राईको स्वर रहेको तीज गीत ‘जसले जे सोच्छ त्यस्तै म’ सार्वजनिक भएको छ । लोकशैलीमा तयार गीतमा अरूले आफ्नो बारेमा जे सोचे पनि फरक नपर्ने कुरा व्यक्त गरिएको छ ।

ओएसआर डिजिटल च्यानलबाट सोमबार सार्वजनिक गीतमा शब्द, संगीत बाबुल गिरीको रहेको छ । गीतको भिडियोमा आश्मा विश्वकर्मा, अञ्जना खतिवडा, नितु पौडेल लगायतको अभिनय रहेको छ । गीतको भिडियो कोरियोग्राफरी तथा निर्देशन कविराज गहतराजले गरेका हुन् ।

भिडियोमा सौरभ लामाको छायांकन र बन्दे प्रसादको सम्पादन छ । तिजलाई भड्किलो गीतहरू सार्वजनिक भएको समय गायिका राईले भने एकदमै राम्रो र मौलिक शैलीको गीत बनाएकी छन् ।

प्रतिक्रिया