१५ असोज ‘राष्ट्रिय चलचित्र दिवस’

काठमाडौँ । १५ असोजलाई ‘राष्ट्रिय चलचित्र दिवस’ को रूपमा मनाइने भएको छ । सरकारले प्रत्येक वर्षको असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ को रूपमा मनाउने घोषणा गरेको हो ।

नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको अवसरमा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले यस निर्णयको घोषणा गरे ।

‘चलचित्रको ६०औँ वर्षको गौरवमय इतिहास बोकेको अवसरमा हामीले चलचित्र ‘आमा’को प्रदर्शन मितिलाई ध्यानमा राख्दै १५ असोजलाई ‘राष्ट्रिय चलचित्र दिवस’ को रूपमा मनाउनेछौँ । १३ असारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार चलचित्र दिवस घोषणा गरेका छौँ’, उनले भने ।

प्रतिक्रिया