काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘फोन पे’सँगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । ग्राहकले कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले फोन पे क्यूआर मर्चेन्टमार्फत भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
भौतिक क्रेडिट कार्डमा रहेको ४५ दिनसम्मको ब्याजरहित अवधि तथा लचिलो किस्ताबन्दी सुविधा यस भुर्चुअल क्रेडिट कार्डमा समेत लागु हुने जनाइएको छ ।
यस सेवाअन्तर्गत हाल प्रचलनमा रहेको भौतिक क्रेडिट कार्डको आवाश्यकता नपर्ने भएकाले कार्ड बोकेर हिँड्नुपर्ने झन्झटको अन्त्य हुने बैंकले जनाएको छ । सेवाको थालनी सँगै बैंकले भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकलाई ५०० रुपैयाँसम्मको विशेष नगद फिर्ता (क्यासब्याक) को अफरसमेत ल्याएको छ ।
प्रतिक्रिया