काठमाडौँ । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गर्दै इटालीको तर्फबाट नेपालका मानार्थ वाणिज्यदूत ओलो नुगारीलाई स्वागत गरेको छ । कार्यक्रमको उद्देश्य नेपाल–इटालीबीचको द्विपक्षीय व्यापारिक सम्बन्धलाई थप सुदृढ पार्ने र आर्थिक सहकार्यका सम्भावनाहरूको खोजी गर्ने रहेको थियो ।
संघका अध्यक्ष सञ्जय अग्रवालले दूत नुगारीले नेपाल–इटाली सम्बन्ध सुदृढ पार्न पुर्याएको योगदानप्रति आभार व्यक्त गर्दै व्यापारिक हित प्रवद्र्धनमा संघको दृढ प्रतिबद्धता दोहोर्याए ।
कार्यक्रममा नेपालका लागि इटालीकी मानार्थ वाणिज्यदूत प्रतिमा पाण्डे र संघका बोर्ड सदस्यहरूसमेत सहभागी थिए । नुगारीले आफ्नो मन्तव्यमा दीर्घकालीन प्रगतिका लागि दिगो सहकार्य, सांस्कृतिक आदान–प्रदान र निजी क्षेत्रको सक्रिय संलग्नता अपरिहार्य रहेकोमा जोड दिए । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले २ देशबीचको व्यापार, रणनीतिक साझेदारी र द्विपक्षीय संवादलाई निरन्तर प्रवद्र्धन गर्ने अठोट व्यक्त गरेको छ ।
प्रतिक्रिया