क्रिकेटर दिपेन्द्रसिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार ऐरीले केही दिन अगाडि नै राजीनामा दिएका थिएका हुन् ।

उनले दिएको राजीनामा स्वीकृत भइसकेको पनि डिआइजी घिमिरेले बताए । ऐरी नेपाल प्रहरीमा सहायक हवलदारको दर्जामा कार्यरत थिए । नेपाल पुलिस क्लबबाट लामो समय क्रिकेट खेल्दै आएका थिए ।

दीपेन्द्र प्रहरी सहायक हवल्दार पदमा रहेका थिए । २०७३ सालमा नेपाल प्रहरीको जवानमा भर्ना भएका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट लामो समय खेल्दै आएका उनको टी–२० क्रिकेटमा ९ बलमा अर्धशतक बनाएको रेकर्ड छ ।

प्रतिक्रिया