काभ्रे । काभ्रेको पनौती नगरपालिका–५ सुन्दरबस्तीस्थित वीपी राजमार्गमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा दई जना नेपाली सैनिक गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार काभ्रेभञ्ज्याङबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०२–०१० प २३१० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००१ ज ४४१ नम्बरको इलेक्ट्रिक (इभी) गाडीले ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकलमा सवार दुई जना सैनिक गम्भीर घाइते भएका हुन् । घाइते हुनेहरुमा महोत्तरीको बर्दिबास नगरपालिका–५ का २९ वर्षका श्याम कुमार थिङ रहेका छन् । उनी नेपाली सेना बर्दिबास फील्ड अस्पतालमा कार्यरत छन् । उनको गाला, दायाँ खुट्टा र दायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
त्यसैगरी अर्का काठमाडौं (हाल सर्लाही) २४ वर्षका सरस्वती तामाङ रहेका छन् । उनी नेपाली सेना कालिध्वज गणमा कार्यरत छन् । उनको दुवै हात र कम्मरमा गम्भीर चोट लागेको छ । घाइते दुवै जनालाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ ।
सैनीक सरस्वती तामाङको अवस्था गम्भीर रहेकाले डाक्टरको विशेष निगरानीमा राखिएको बताइएको छ । इभी गाडीका चालक र सवारी नियन्त्रणमा छन् ।
दुर्घटनामा संलग्न इलेक्ट्रिक गाडी बा प्र ०३–००१ ज ४४१ र चालकलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले नियन्त्रणमा लिएको छ । इभी गाडीका चालक सिन्धुलीको कमलामाई नगरपालिका–५ का निम बहादुर मोक्तान रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया