हुन्डाईको क्रेटा ईभी नेपालगन्जमा सार्वजनिक

काठमाडौँ । नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालगन्ज क्षेत्रमा नयाँ क्रेटा इभी सार्वजनिक गरेको छ । सो अवसरमा विशेष अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा अहिलेसम्मकै ब्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ ।

उच्च गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई नेपालले सम्पूर्ण उपभोक्ताहरूको मन जित्दै आफूलाई नेपालको उत्कृष्ट अटो ब्रान्डको रूपमा स्थापित कम्पनीको दाबी छ । कम्पनीको अनुसार, नयाँ क्रेटा इभीको आगमनले विद्युतीय सवारीबारे द्विविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ ।

प्रतिक्रिया