इजरायलले गर्यो इरानका ६ विमानस्थलमा सैन्य आक्रमण, १५ वटा लडाकु विमान ध्वस्त

एजेन्सी । इजरायली सेनाले इरानका ६ वटा विमानस्थलमा सैन्य आक्रमण गरेको छ भने १५ वटा विमान ध्वस्त भएका छन् । धावनमार्गमा क्षति पुगेको बताइएको छ ।

इजरायली रक्षा बलले सामाजिक सञ्जालमा यस आक्रमणको बारेमा जानकारी दिएको छ । आईडीएफले यी आक्रमणहरू पश्चिमी, पूर्वी र मध्य इरानमा अवस्थित विमानस्थलहरूमा गरिएको जनाएको छ ।

इजरायली सेनाले धावनमार्ग र भूमिगत बंकरहरूमा पनि क्षति पुगेको पनि बताएको छ ।

यसबाहेक आईडीएफका अनुसार यी हवाई आक्रमणहरूमा लडाकु एफ– १५ र एफ– ५ लडाकु विमानहरू इन्धन भर्ने विमानहरू र एएच–१ कोब्रा आक्रमण हेलिकप्टरहरू नष्ट भएका छन् । तर, इरानले भने अहिलेसम्म यी आक्रमणहरूको पुष्टि गरेको छैन ।

प्रतिक्रिया