काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकले काठमाडौँस्थित हिल्टन होटेलमा छुट पाउने भएका छन् । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र हिल्टन होटेलबीच भएको सम्झौतामा बैंकका ग्राहकलाई फुड एन्ड बेबरेजमा १० प्रतिशतसम्म छुट दिइने उल्लेख छ ।
छुट पाउन ग्राहकले एनआईएमबीको डेबिट तथा क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्नेछ । ग्राहकलाई डिजिटल माध्यममा प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधा ल्याएको बैंकले जनाएको छ ।
प्रतिक्रिया