काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालत उपस्थित भएका छन् । तीनकुने घटनाका आरोपित मिश्रमाथि आज तारादेवी महर्जनको इजालासमा थुनछेक बहस हुनेछ । उनी पूर्वपक्ष थुनामा जाने/नजाने आज निर्णय हुनेछ ।
मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको थियो । गत चैत १५ गते काठमाडौंको तीनकुने घटनाका आरोपि राप्रपा महामन्त्री शवलशमशेर राणा भने सोमबार साँझ ३ लाख धरौटीमा रिहा भइसकेका छन् । तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका योजनाकार मानिएका दुर्गा प्रसाईं भने कारागार चलान भइसकेका छन् ।
प्रतिक्रिया