एमाले निकट कानुन व्यवसायी संगठनको अध्यक्षमा थापा विजयी

काठमाडौँ । एमाले निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा अमर थापा चयन भएका छन् । प्रतिस्पर्धी ओमप्रसाद थपलियालाई १३ मतान्तरले पराजित गर्दै थापा अध्यक्षमा विजयी भएका निर्वाचन समितिले जनाएको छ ।

दुईसय ५६ मतसहित थापा अध्यक्षमा विजयी हुँदा उनका प्रतिस्पर्धी थपलियाले २१३ मत मात्रै पाएका छन् । त्यसैगरि संगठनको खुला उपाध्यक्षमा भिमसेन बन्जरा र महिला उपाध्यक्षमा यसोदा देवी खरेल निर्विरोध निर्वाचित भएका छन्। खुला महासचिवमा चुडामणि पौडेल र उपमहासचिव खुलामा बाबुराम राई विजयी भएका छन् ।

हेर्नुहोस् निर्वाचित भएका उम्मेदवार र प्राप्त मत

प्रतिक्रिया