जनता समाजवादी पार्टी संघीय परिषद् बैठक असार ६ र ७ मा हुने

काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषद् बैठक असार ६ र ७ गते ज्यापु प्रज्ञा भवन ललितपुरमा हुने भएको छ ।
जनता समाजवादी पार्टी नयाँ गठन पछि पहिलो पटक संघीय परिषद्को बैठक हुन लागेको हो ।

संघीय परिषद् पार्टीको नीति निर्माणको मुख्य अंग हो । बैठकमा संघीय परिषद्का अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टीको नीति सिद्धान्त र विचारको बारेमा प्रस्ताव पेश गर्ने र उपाध्यक्ष रणध्वज लिम्वुले पार्टीको विधान संशोधनको प्रस्ताव पेश गर्ने छन् ।

जनता समाजवादी पार्टीले मार्ग दर्शक सिद्धान्त संघीय समाजवादलाई अंगिकार गरेको छ । पार्टीका केन्द्रीय सदस्य अर्जुन लम्सालले उक्त बैठकमा देशै भरिबाट गरि ४१३ जना प्रतिनिधि सहभागि हुने जानकारी दिए ।

प्रतिक्रिया