काठमाडौं । विरोध र नाराबाजीका बीच प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको सामान्य छलफल सुरु भएको छ । विपक्षी दलहरुको विरोधका कारण अधिकांश कुर्सी खाली देखिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बेल घेराउ गरेर नाराबाजी गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू बैठक बहिष्कार गरेर बाहिरएका छन् । यस कारण प्रतिपक्षतर्फका अधिकांश कुर्सी खाली हुन पुगेका हुन् ।
सत्ताका सांसदहरुको उल्लेख्य सहभागिता छैन । आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेका छन् भने त्यसमाथि सांसदहरूले धारणा राखिरहेका छन् ।– तस्विरहरू नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया