प्रतिनिधिसभामा संघीय निजामती सेवासम्बन्धी प्रतिवेदन पेस

काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवासम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभा बैठकमा पेस गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विधेयक पेस गर्दै उनले सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति गठन गरेर लामो छलफलपछि विधेयकलाई अन्तिम रुप दिइएको बताए ।

‘दुई वर्षको ‘कुलिङ अफ पिरियड’ राखेर समितिबाट सर्वसम्मतिका साथ विधेयक पारित गरी ल्याइएको छ’, सभापति खतिवडाले भने । प्रतिनिधिसभाको अर्को बैठक यही असार २ गते भोलि सोमबार बिहान ११ः०० बजे बस्नेछ ।

प्रतिक्रिया