मातृभाषा पत्रकारिता सम्मेलनमा पर्साका दुई पत्रकार सम्मानित

वीरगञ्ज । दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएको छ । संघीय राजधानी काठमाडौंस्थित भक्तपुरको थिमी ब्यान्क्वेट होटलमा एक कार्यक्रमबीच सम्पन्न भएको हो ।

नेवाः पत्रकार राष्ट्रिय दबूले सार्क जर्नालिष्ट फोरम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको सहकार्यमा शनिबार भक्तपुर थिमी ब्यान्क्वेट होटलमा भएको कार्यक्रमको समापन गर्दै मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले भने मातृभाषा आफ्नो ठाउँको भाषामा समाचार प्रसारण तथा सम्प्रेषण गरेर मातृभाषा लाइ संरक्षण गर्नु पर्ने बताए ।

मातृभाषा पत्रकारिताले विभिन्न जातजातिका भाषा र संस्कृतिको संरक्षण एवं संवर्द्धनमा समेत योगदान पुर्याउने नगरप्रमुख श्रेष्ठले बताए । मातृभाषामा समाचार लेख्ने पत्रकारहरुमा स्थानीय परिस्थितिको बारेमा गहिरो जानकारी हुने उल्लेख गर्दै उनले यसबाट पाठक र स्रोताको लागि उपयोगी र सान्दर्भिक समाचार बनाउन सघाउने धारणा व्यक्त गरे ।

सञ्चार लाइ आदि भाषा बनाउनुर्ने उनको भनाइ छ । विभिन्न भागहरूको दुखाइ विकासद्वारा व्यायाम गर्नुपर्ने बताउँदै उनले अन्य भाषा चलाउन धेरै महत्त्वपूर्ण छ त्यसैले हामीले पत्ता लगाउनुपर्ने बताए। ‘सूचिमा सञ्चारमाध्यमहरू पनि चलाउने र आफ्नो मातृभाषाबाट व्यक्तित्वहरू चलाउन चाहन्छन्, म तपाईंलाई लिन चाहन्छु, स्पष्ट रूपमा अगाडि बढ्नुहोस् र जुन भाषा बोल्नुहुन्छ त्यही भाषाबाट भिडियो आउटसाइज सञ्चालन गर्नुहोस्, मातृभाषालाई अगाडि बढाउनुहोस्’, मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख श्रेष्ठले भने ।

सो कार्यक्रममा सार्क जर्नालिष्ट फोरममा आबद्ध रहेका भारत, बंगलादेशलगायतबाट मात्रृभाषि पत्रकारहरुको सहभागिता रहेको सार्क जर्नालिष्ट फोरमका अन्तराष्ट्रिय अध्यक्ष राजु लामाले जानकारी दिए ।

उक्त दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा पर्सा जिल्लाबाट सौर्य दैनिकका पर्सा संवादददाता पवन प्रसाद साह र प्रहार डेली अनलाइन न्युज पोर्टलका सम्पादक राहुल कुमार गुप्तालाई प्रमाणपत्र, मायाको चिनो र प्रेस जकेटबाट सम्मान गरिको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूले सार्क जर्नालिष्ट फोरम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको सहकार्यमा भएको दुईदिने दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको समापन कार्यक्रम मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख श्रेष्ठको प्रमुख अतिथि तथा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्दरलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि सार्क जर्नालिष्ट फोरमका अन्तराष्ट्रिय अध्यक्ष राजु लामा, सचिव अब्दुल रहमान, भारत बिहार चेपटरका अध्यक्ष शसिभुसन लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया