सुनको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौं । गत मंगलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ४ हजार २०० रूपैयाँले वृद्धि भएको छ भने चाँदीमा १५ ले बढोत्तरी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल १ लाख ९७ हजार १०० रूपैयाँ कायम भएको छ भने एक तोला चाँदी २ हजार १६५ रूपैयाँमा कारोबार भइरहेको छ ।

गत मंगलबार एक तोला सुन १ लाख ९० हजार तथा सोही परिमाणको चाँदी २ हजार १६५ रूपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज १ औंस सुनकाे ३ हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया