झापा । बंगलादेशबाट ४ अर्ब ७५ करोड ८ लाख ६ हजार ८७१ बराबरको मालसामान आयात भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै उक्त बस्तु आयात भएका हुन् । नेपालबाट ३५ करोड ६२ लाख ९७ हजार ८२७ बराबरका उत्पादन बंगलादेश निर्यात भएका छन् ।
काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख सुवास पाण्डेयका अनुसार बंगलादेशबाट सवैभन्दा धेरै १ अर्ब ७८ करोड ४२ लाख बराबरको अप्रशोधित जुट आयात भएको छ ।
यसैगरी, आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एन्ड वेभरेजलगायतका सामग्री रहेका छन् । काँकडभिट्टाबाट ३० करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको खुदो बंगलादेश निर्यात भएको छ । यहाँबाट अन्य जडीबुटी, अनिमल फिड, घरायसी सामान निर्यात भएका कार्यालय प्रमुख पाण्डेयले बताए ।
प्रतिक्रिया